गण्डकी प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान ११ बजे र दिउँसो १२:0५ बजे दुई पटक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार पहिलो विज्ञप्तिमा ४५ जना र दोस्रो विज्ञप्तिमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
निर्देशनालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार कास्की, स्याङ्जा, लमजुङ र नवलपुर गरी गण्डकीका ४ जिल्लाका ३८ जनामा कोरोना देखिएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ७ वटा वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० देखि ५१ वर्ष उमेर समुहका १७ जना महिला र १५ देखि ३५ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।
यस्तै लमजुङ बेशीसहर ३ का ३७ वर्षीया एक महिला, स्याङ्जा वालिङका ६५ वर्षीया महिला र ३०, ३०, ४० तथा ६५ वर्षका ४ पुरुष र नवलपरासी पूर्व बिनयत्रिबेणीका २ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पहिलो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा शनिबार बिहान कास्की, गोरखा र नवलपुर गरी ३ जिल्लाका थप ४५ जानामा कोरोना देखिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखराका दुई पहिला सहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिलाहरुमा पोखरा महानगर–३ का ३० वर्षीया महिला तथा पोखरा– ५ की ४५ वर्षीया महिला छन् ।
पोखरा– ५ की महिलाको भने पोखराको फिस्टेल अस्पतालमा शुक्रबार राति मृत्यु भएको र मृत्यु पछि कारोना रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै संक्रमित पुरुषहरुमा २८ का ४८ वर्षीय, पोखरा ७ का २७ र २८ वर्षीय दुई जना, तथा १६ का ३४, १८, १६, २१, १८ वर्षका ५ जना रहेका छन् ।
यसैगरी गोरखाका १ जनालाई कोरोना पुष्टि भएको छ । उनी जिल्लाको आरुघाट गाउँपालिका ८ का ३१ वर्षीया महिला हुन् ।
त्यस्तै नवलपरासी पूर्वका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै देवचुलीका विभन्नि वडाका हुन् । संक्रमित मध्य ६ वर्षीया बालिका देखि ४० वर्ष उमेर समुहका ६ महिला र २६ देखि ६५ वर्ष उमेर समुहका २८ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा