गण्डकी प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान ११ बजे र दिउँसो १२:0५ बजे दुई पटक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार पहिलो विज्ञप्तिमा ४५ जना र दोस्रो विज्ञप्तिमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
निर्देशनालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार कास्की, स्याङ्जा, लमजुङ र नवलपुर गरी गण्डकीका ४ जिल्लाका ३८ जनामा कोरोना देखिएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ७ वटा वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० देखि ५१ वर्ष उमेर समुहका १७ जना महिला र १५ देखि ३५ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।
यस्तै लमजुङ बेशीसहर ३ का ३७ वर्षीया एक महिला, स्याङ्जा वालिङका ६५ वर्षीया महिला र ३०, ३०, ४० तथा ६५ वर्षका ४ पुरुष र नवलपरासी पूर्व बिनयत्रिबेणीका २ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पहिलो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा शनिबार बिहान कास्की, गोरखा र नवलपुर गरी ३ जिल्लाका थप ४५ जानामा कोरोना देखिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखराका दुई पहिला सहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिलाहरुमा पोखरा महानगर–३ का ३० वर्षीया महिला तथा पोखरा– ५ की ४५ वर्षीया महिला छन् ।
पोखरा– ५ की महिलाको भने पोखराको फिस्टेल अस्पतालमा शुक्रबार राति मृत्यु भएको र मृत्यु पछि कारोना रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै संक्रमित पुरुषहरुमा २८ का ४८ वर्षीय, पोखरा ७ का २७ र २८ वर्षीय दुई जना, तथा १६ का ३४, १८, १६, २१, १८ वर्षका ५ जना रहेका छन् ।
यसैगरी गोरखाका १ जनालाई कोरोना पुष्टि भएको छ । उनी जिल्लाको आरुघाट गाउँपालिका ८ का ३१ वर्षीया महिला हुन् ।
त्यस्तै नवलपरासी पूर्वका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै देवचुलीका विभन्नि वडाका हुन् । संक्रमित मध्य ६ वर्षीया बालिका देखि ४० वर्ष उमेर समुहका ६ महिला र २६ देखि ६५ वर्ष उमेर समुहका २८ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार