गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु, एकको मृत्यु पछि कोरोना पुष्टि

गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु, एकको मृत्यु पछि कोरोना पुष्टि

Gandaki pradesh map 1

पोखरा – गण्डकी प्रदेशमा शनिबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शनिबार प्रकाशित विज्ञप्ति अनुसार प्रदेशका ४ जिल्लाका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कास्की, स्याङ्गजा, गोरखा र नवलपुरका छन् ।

पुष्टि भएका संक्रमित मध्ये सबैभन्दा धेरै नवलपुरका ४२ जना छन् भने, कास्कीका ३५, स्याङ्गजाका ५ र गोरखाका १ जना छन् ।

शनिबार बिहानको विज्ञप्ति अनुसार स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं -१ का ८५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गत भाद्र २४ गते कोरोना पुष्टि भइ पश्चिमाञ्चल अस्पतालको आइसीयु कक्षमा उपचारत ती पुरुषको उपचारकै क्रममा आज बिहान ६:३२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे । कोरोना संक्रमण भइ अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा उनी दशौँ व्यक्ति भएको अस्पतालले जनाएको छ  ।

यस्तै निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये कास्कीका १०, गोरखाका १ र नवलपुरका ३४ जना छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं ३ का ३० वर्षीया महिला, पोखरा ५ का ४५ वर्षीय पुरुष, पोखरा २८ का ४८ वर्षीय पुरुष, पोखरा ७ का २८ र २७ वर्षीय २ पुरुष र पोखरा १६ का ३४, १८ र १६ वर्षका पुरुष सहित १८ र २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ  ।

यस्तै गोरखाको आरुघाट गाउँपालिका ८ का ३१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ  ।

उता नवलपुरको देवचुली नगरपालिकामा मात्रै ३४ जनामा संक्रमण पुष्टि भएको छ । देवचुलीको वडा नं ७, ४, १०, १४, ११, ८, ९ र वडा नखुलेको सहित ८ वटा पालिकाका ६ वर्षीया बालिका सहित ६५ वर्ष उमेर समुहका महिला र पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सोही विज्ञप्तिमा पोखरामा मृत्युपछि एक महिलाको रिपोर्ट कोरोना पोजिटिभ आएको जनाइएको छ । बिहीबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्दै आएकी ४७ वर्षीया महिलाको शुक्रबार बिहानै अन्त्येष्टि गरिएकोमा आज रिपोर्ट पोजिटिभ आएको निर्देशनालयले जानकारी दिएको छ ।

लामो समय ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि पोखरा गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकी थिइन् । बिहीबार बिहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा राति सवा १ बजे भेन्टिलेटरमा रहँदा ती महिलाको मृत्यु भएको थियो ।

अस्पतालले कोरोनाका कारणले नभई अन्य कारणले मृत्यु भएको जनाउँदै भोलिपल्ट बिहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए ।

महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थिति रहेको थियो । पर्यटन व्यवसाय क्षेत्रमा संलग्न रहेकाले पनि दाहसंस्कारमा धेरैको उपस्थिति रहेको थियो । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।

यो, संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

यस्तै निर्देशनालयद्वारा जारी दोस्रो विज्ञप्तिमा गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि भएका संक्रमित कास्कीमा २४, स्याङ्गजामा ५ र नवलपुरमा ८ जना छन् ।

कास्कीको पोखरा महानगरपालिकाका २४ जना संक्रमित मध्ये पोखरा १३ का २९ वर्षीय पुरुष, पोखरा १ का १८ र ३७ वर्षीया महिला, पोखरा १०    का ५७, २६, ३७ र ३८ वर्षीया महिला, पोखरा १२ का ५१, ४६, ४६, ३३, १०, ३४ र २७ वर्षीया महिला र १५ र ३५ वर्षका पुरुष, पोखरा १८ का १७ वर्षीया महिला, पोखरा २७ का १४ र ३७ वर्षीया महिला र १५, १६ र उमेर नखुलेका एक पुरुष, पोखरा २८ का ३७ वर्षीया महिला र वडा नखुलेको २५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङ्गजाको वालिङ नगरपालिकाका ५ संक्रमितहरु मध्ये वालिङ ८ का ३० वर्षीय पुरुष, वालिङ ६ का ३० वर्षीय पुरुष, वालिङ १ का ४० वर्षीय पुरुष, वालिङ ९ का ६५ वर्षीय पुरुष र वालिङ १ कै ६५ वर्षीया महिला रहेकी छन्  ।

यस्तै नवलपुरको बिनयत्रिबेणी नगरपालिकाका ३, ६ ,५ र ७ नं वडाका २२ देखि ६२ वर्ष उमेर समुहका महिला पुरुष गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । आज पुष्टि भएका ८३ जना सहित गण्डकीमा कूल कोरोना संक्रमितको संख्या २९०३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds