पोखरा – आइतबार बिहानै गण्डकीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहान १० बजेसम्मको तीनवटा विज्ञप्तिमा क्रमश ३२, ४ र २९ जनामा संक्रमण पुष्टि भएको हो ।
तेस्रो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्ला लमजुङ, नवलपुर, तनहुँ, स्याङ्गजा र गोरखाका २९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का २९ र २१ वर्षीया महिला सहित ३४, २०, २२, २६ र २४ वर्षीया महिला, वडा नं ७ का ३१ वर्षीय पुरुष र वडा नं ५ का २५ र ४३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै तनहुँको ब्यास नगरपालिका ४ का ४३ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय पुरुष, म्याग्दे ६ का २५ वर्षीया महिला र म्याग्दे १ का २० र २९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यता स्याङ्गजाको गल्याङ नगरपालिकाका २१ वर्षीय (वडा नखुलेको) पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै गोरखाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका ७ का २८ वर्षीका महिला र पुरुष, र सोही गाउँपालिका ८ का २५ वर्षीया महिला र वडा नखुलेका ३० र ३३ वर्षीया महिला सहित २२ र २६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै नवलपुरको विनयत्रिबेणी गाउँपालिका ६ का २९ र ३९ वर्षीया महिला सहित ३३ वर्षीय पुरुष, वडा नं ५ र ७ का क्रमश: ५६ वर्षीया महिला सहित २३ र २७ वर्षका पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २९६८ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ