काेराेनाबारे गलत प्रचार गर्ने लमजुङका तीन जनालाई कारवाही

काेराेनाबारे गलत प्रचार गर्ने लमजुङका तीन जनालाई कारवाही

jilla-prashasan-lamajung

लमजुङ –  कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले लमजुङले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुष रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार उनीहरुले सामाजिक सञ्जालमा कोरोना संक्रमणका बारेमा गलत प्रचार गर्ने, सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाएको कारण आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति पाँचसय रुपैयाँ जरिवाना गरिएको शर्माले बताए ।

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना गरेर छाडेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ