बागलुङ पहिरोले पाँच घर पुर्‍यो, एक जना बेपत्ता

बागलुङ पहिरोले पाँच घर पुर्‍यो, एक जना बेपत्ता

badi pahiro

सन्दर्भ तस्बिर

बागलुङ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १, कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँचवटा घर पुरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्‍नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घरमा पूर्ण रूपमा क्षति पुर्‍याइएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ