बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पोखरा ७ चोरसाँघुका एक व्यक्ति पक्राउ

बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पोखरा ७ चोरसाँघुका एक व्यक्ति पक्राउ

Untitled

पोखरा –  १० वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाई रहेका छन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो अन्दाजी १:३० बजेको समयमा करणीको मनोसायाले बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले दुर्व्यहार प्रयास गरेकोमा स्थानीयले चाल पाएलगत्तै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका टिका बहादुर विरुद्ध थप अनुसन्धान भैरहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds