नवलपुर – गैंडाकोट नगरपालिका -१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन् ।
२०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको भन्ने मौखिक खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोमबार दुवै जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पूर्बी नवलपरासीका सूचना अधिकृत प्रहरी उपरिक्षक मोहन बहादुर खांडले गण्डक न्युजलाई जानकारी दिए ।
खांडका अनुसार आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै, उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडीगलिसकेको अबस्थामा मानब कंकाल फेला परेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको खांडको भनाई छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा