पोखराका ३ सहित गण्डकीमा थप ५ जनामा कोरोना पुष्टी

पोखराका ३ सहित गण्डकीमा थप ५ जनामा कोरोना पुष्टी

Gandaki-Mapp

पोखरा माहानगरपालिका ३ सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा माहानगरपालिका ३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा पोखरा माहानगरपलिका ६ का ३१ र २७ वर्षीय पुरुष हुन् । उनीहरु पर्यटक प्रहरीमा कार्यरत गर्दै आईरहेका थिए ।
अर्का संक्रमित पोखरा माहानगरपालिका ४ का ३८ वर्षीय पुरुष हुन् । पुतलीबजार स्याङजा स्थायी ठेगना भई हाल पोखरामा पत्रकारीता गर्दै आएका थिए ।

यस्तै तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँ सुक्लागण्डकी १० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको कन्ट्रक टेसिङबाट पहिचान भएको हो । हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रेखदेखमा पोखरामा उपचार भईरहेको निर्देशनालयले जानकारी दिएको छ ।

हाम्स अस्पताल काठमन्डौँ को प्रयोगशालमा गरिएको परिक्षणमा नवलपुर कावासोती ८ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ । नलपुरका संक्रमित बाहेक अन्ने सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैईरहेको गण्डकी निर्देशनालयले जनाकारी दिएको छ ।  यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३,१७१ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ