कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै प्रदर्शन

कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै प्रदर्शन

kulman-sapporter

तस्विर -सामाजिक संजाल

काठमाण्डौ –   नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समूह र स्थानीय युवाहरुले काठमाडौंको बालाजु र जोरपाटीमा प्रदर्शन गरेका हुन् ।

विभिन्न प्ले कार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ