पोखरामा जबर्जस्ती चन्दा उठाउने विप्लवका काठमाण्डौ जिल्ला कमिटी सदस्य सहित २ जना पक्राउ

पोखरामा जबर्जस्ती चन्दा उठाउने विप्लवका काठमाण्डौ जिल्ला कमिटी सदस्य सहित २ जना पक्राउ

biplab

पोखरा – जबर्जस्ती चन्दा उठाएको आरोपमा कास्की प्रहरीले विप्लव समुहका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ मोतिडाँडा घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने वर्ष २७ का रविन केसी भनिने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेवी गाउँपालिका २ घर भइ काठमाण्डौ महानगरपालिका १६ गोङगबु बस्ने वर्ष २२ का रामकुमार डाँगी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जनाकारी दिए ।

हमालका अनुसार बुधबार अन्दाजी दिउँसो १:३० बजेको समयमा पोखरा महानगरपालिका ६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रावत नेकपा विप्लव समुहका अखिल क्रान्तिकारी, काठमाण्डौ जिल्ला कमिटी सदस्य र डाँगी नेकपा विप्लव समुहका अखिल क्रान्तिकारीमा आवद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख, मोवाइल सेट चार थान, एउटा मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको नेकपा (बिप्लव समुह) केन्द्रिय समितिको नगदी रसिद १ थान वरामद गरेको छ ।

पक्राउ परेका उनीहरु बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds