होटल म्यानेजमेन्ट पढ्न पहिलो रोजाईमा ‘NTHMC’ नै किन ? [अन्तर्वार्ता]

होटल म्यानेजमेन्ट पढ्न पहिलो रोजाईमा ‘NTHMC’ नै किन ? [अन्तर्वार्ता]

NTHMC 1

पछिल्लो पुस्ताको आकर्षण होटल म्यानेजमेन्ट पढाईमा बढ्दै गएको छ । यस विषय पढ्नका लागि मुलुककै ख्यातीप्राप्त कलेज हो नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज । सन् १९९९ मा शिक्षा क्षेत्रमा केही गर्ने हुटहुटी जागेका पोखरामा स्थापित नामहरु मिलेर यो कलेजको स्थापना भयो । पोखराको वडा नं. १४ छिनेडाँडामा २६ रोपनी क्षेत्रफलमा स्थापित कलेज पहिलो रोजाईमा पर्दछ । पोखरा ४, गैह्रापाटनमा सिटी कलेज पनि संचालन भइरहेको छ । प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) प्रोग्रामका कक्षा मूख्य कलेज छिनेडाँडामै हुन्छ भने बीबीए र बीबीए–बीआईका कक्षा गैह्रापाटनमा हुँदै आएको छ । कलेजका अध्यक्ष हुन् पोखराका चिरपरिचित नाम अशोक पालिखे ।

सुरुवातमा ७ जना बाट बीएचएमका कक्षा मात्र हुने गरेकोमा माग र समयको आवश्यकताअनुरुप सन् २००१ देखि प्लस टु र २००४ देखि बीबीए र सन् २००९ देखि बीबीए–बीआई कक्षा थपिएको छ । हाल कलेजमा ७५० जना विद्यार्थी रहेको प्रिन्सिपल प्रकाश रेग्मी बताउँछन् ।

कलेज सम्बन्धित रहेर गण्डक न्यूजका सञ्जय रानाभाटले कलेजका प्रिन्सिपल प्रकाश रेग्मीसँग गरिएको थप कुराकानीः

नेपालमा होटल म्यानेजमेन्ट पढाई अहिले त धेरै कलेजमा छन्, पोखरामै पनि विभिन्न विद्यालयहरुले सञ्चालन गरेका छन् । तपाईंको कलेज नै किन रोज्ने ?

एक त हाम्रो कलेज परिचित नाम हो । दुई दशकसम्मको अनवरत प्रयास र गुणस्तरीय शिक्षाकै कारण आज कलेजको नाम स्थापित भएको हो । कलेजले नाफामूलक भन्दा पनि सेवा मुूलक भावनालाई आत्मसाथ गर्दछ । शहरको कोलाहलबाट टाढा, अत्यन्त खुल्ला र रमणीय स्थानमा रहेकाले पनि पढ्ने वातावरण अनुकूल छ । विद्यार्थीहरुलाई आवतजावतमा सहज होस् भनेर कलेजको आफ्नै ७ वटामा बसहरु छन् । अन्य कलेजले जस्तो बस भाडा लिँदैन । विद्यार्थीलाई बिहानको खाना कलेजमै व्यवस्था छ ।

कलेजमा विद्यार्थीलाई सहज होस् भनेर पोखरामै पहिलो कलेज जहाँ लिफ्टको व्यवस्था गरिएको छ । यसरी सुविधा सम्पन्न ३ वटा आफ्नै बिल्डिङ छन् । सुन्दर मनमोहक वातावरण, स्वीमिङ पुल, बास्केट बल कोर्ट , भलिबल कोर्ट, लाइब्रेरी, कम्प्युटर ल्याब, तारे होटेलमा प्रयोग हुने सम्पूर्ण सामानहरु, सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल साथै चाईनिज भाषा सिकाउने टिचरको पनि व्यवस्था रहेको छ । त्यसैले होटल म्यानेजमेनट, टुरिज्म विषय पढ्न जति सुविधा  छ, सबै हाम्रै कलेजमा उपलब्ध भएकाले पनि अरु किन रोज्ने ? विद्यार्थीहरुले आएर आफै बुझ्न पनि सक्नुहुनेछ ।

विद्यार्थीहरुलाई कसरी भर्ना लिइन्छ ? कस्ता विद्यार्थीहरुले यो विषयमा अध्ययन गर्न सक्छन् ?

विद्यार्थीहरुले हामी काहाँ भर्ना हुन आउँदा विभिन्न चरणहरु पार गर्नुपर्छ । शुरुमा त कलेजले एउटा सूचना जारी गर्छ । ईच्छुक विद्यार्थीले हाम्रो वेबसाइट , फेस्बुक पेज या कलेजमा उपस्थित भएर फर्म भर्नुपर्ने हुन्छ । यो फर्म निश्चित समयसम्मको लागि मात्र उपलब्ध हुन्छ ।

यसरी फर्म भर्ने सम्पूर्णको विगतको शैक्षिक प्रमाण पत्रको मूल्याङ्न पश्चात कलेजले आन्तरिक परिक्षा लिन्छ । जसमा विद्यार्थीको समग्र ज्ञान कस्तो छ ? कुनै पनि कुराको विश्लेषण कसरी गर्छ ? नेचर कस्तो छ ? कस्तो सोच राख्छ ? लगायत व्यवहारिक र सैद्धान्तिक परीक्षा सहित विद्यार्थी र अभिभावकको  अन्तर्वार्ता लिइन्छ । यसरी कक्षा ११ मा १०८ जना भर्ना गरिन्छ । तीमध्ये १० जनाले छात्रवृत्तिको अवसर पाउँछन् । बीएचएमा ९६ मध्ये १० जनालाई छात्रवृत्ति, बीबीए र बीबीए–बीआईमा प्रत्येक संकायमा ४८ जना भर्नामध्ये ५ जनालाई छात्रवृत्ति दिइन्छ । यसरी सम्पूर्ण प्रकिया पूरा गरिसकेपछि मात्र कलेजमा भर्ना गरिन्छ ।

[bs-quote quote=”हामीहरुले पछिल्लो पटक गरेको सर्वेक्षणमा हालसम्म हाम्रो विद्यार्थी ४३ वटा देशमा रोजगारी गरिरहेका पायौं । यस्तो देख्दा हामीहरुलाई धेरै न खुशी लाग्छ । हाम्रा कुनै पनि विद्यार्थीहरु बेरोजगार भएर बसेका छैनन् । कुनै न कुनै पेशामा या बैदेशिक यात्रामा हुनुहुन्छ ।” style=”style-2″ align=”left” author_name=”Prakash Regmi” author_job=”Principal, NTHMC” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2020/09/Prakash-regmi.jpg” author_link=”https://www.facebook.com/REGMI.PRAKASH”][/bs-quote]

होटेल म्यानेजमेन्ट पढ्न गाह्रो छ, बढी खर्च लाग्छ भन्ने अधिकांश अभिभावको गुनासो छ नि, वास्तवमा यो पढाई कस्तो हो ? कति खर्च लाग्ने हो ?

हजुर, नाफाभन्दा सेवामूलक ध्येयका साथ खोलिएको हुँदा न्यून शुल्कमा विद्यार्थीले पढ्न पाएका छन् । हाम्रो शिक्षा भनेको नेपालमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति निमार्ण गर्ने हिसाबले हुन्छ ।

हाम्रो यस कलेजमा पढेर अन्तर्राष्ट्रिय बजारमा गएपछि अन्य मुलुकहरु मेक्सिको, अमेरिका, दुबै,यूके जमर्न , अष्ट्रेलिया जहाँ पढे पनि समान सेवा सुविधा पाउँछन् । विदेशमा होटल म्यानेजमेट पढ्न करोडौं खर्च गर्छन । हामीहरुकोमा यस्तो छैन । प्लस टु पास गर्न लगभग  ३ लाख, ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) को लगभग  ७ लाख , बीबीए–बीआईको लगभग  ४ लाख २४ हजार लाग्छ । यसरी अन्तरष्ट्रिय बजारको भन्दा धेरै कममा हामीहरु सेवा दिईरहेका छौँ ।

होटेल म्यानेजमेन्ट पढेर विद्यार्थीहरुका भविष्यको स्कोप कस्तो छ । कुन कुन देशमा रोजगारीको अवसर पाएका छन् ?

हालसम्म ९ सय बढी विद्यार्थी पास आउट भईसकेका छन् । उनीहरुले कतिले स्वदेशमै विभिन्न रोजगारी गरेका छन् । कतिले आफ्नै व्यवसाय गरेका छन् । धेरै जसो विद्यार्थीहरु आफ्नो फर्दर पढाई सकेर विदेशमै रोजगारी पनि गरेका छन् । हामीहरुले पछिल्लो पटक गरेको सर्वेक्षणमा हालसम्म हाम्रो विद्यार्थी ४३ वटा देशमा रोजगारी गरिरहेका पायौं । यस्तो देख्दा हामीहरुलाई धेरै न खुशी लाग्छ । हाम्रा कुनै पनि विद्यार्थीहरु बेरोजगार भएर बसेका छैनन् । कुनै न कुनै पेशामा या बैदेशिक यात्रामा हुनुहन्छ । कलेजलाई इन्टरनेशनल एशोसिएसन अफ होटल स्कुल (ईहोफा) ले गत वर्ष मान्यताप्राप्त कलेजको रुपमा प्रमाणपत्र समेत दियो । यसखालको प्रमाणपत्र पाउने एनटीएचएमसी पोखराकै  पहिलो हो ।

ईहोफाबारे भन्नुपर्दा विश्वका ५९ देशका होटल म्यानेजमेन्ट पढाउने कलेजका प्रिन्सिपल र निर्देशक सम्मिलित अन्तर्राष्ट्रियस्तरको संगठन हो । यसरी हाम्रा विद्यार्थीहरुलाई यहाँ पढ्दा पढ्दै विभिन्न ११ मुलुकमा पेड इन्टर्नसीप (काम सिक्दै पैसा कमाउँदै) अवसर पनि मिल्छ । कलेजले हालसम्म चीन, कुवेत, कतार,दबै जमर्न मलेसिया, सिंगापुर, थाइल्याण्ड, माल्दिभ्स, बहराइन, हङकङ लगायतका देशमा विद्यार्थीलाई इन्टर्नसीपका लागि पठाउने गरेको छ । यहाँका विद्यार्थी होटल लगायत रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, हस्पिटल, विमान कम्पनी, एयरपोर्ट, टुरिष्ट गाइड, ट्राभल एजेन्सी, बेकरी जताजतै जान सक्छन् । यहाँ पढेका विद्यार्थीको माग स्वदेश देखि विदेशमा माग अधिक छ ।

अन्त्यमा, केही छ आफ्ना कलेजबारे भन्नुपर्ने कुरा ?

कलेजलाई स्थापित गर्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, शिक्षक एवं कर्मचारी सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । सम्पूर्ण अभिभावक विद्यार्थीहरुलाई एक पटक कलेजम आएर सबै कुरा बुझेर जान आग्रह गर्दछु । हामी अब छिटै दशैं पछि प्लस टुको परिक्षा सकिने बितिकै ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम),बीबीए र बीबीए–बीआईका   को भर्ना लिनेछौं । सबैले एक पटक कलेजमा आएर बुझन र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गर्दछु । आफ्ना कलेजबारे केही कुरा अभिभावक विद्यार्थीमाझ बुझाउने मौका दिनुभयो । धन्यवाद ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ