पर्वतका एक नेपाल आर्मी सहित थप १५ जनामा कोरोना पुष्टि

पर्वतका एक नेपाल आर्मी सहित थप १५ जनामा कोरोना पुष्टि

Gandaki-Mapp

पोखरा – शनिबार गण्डकीका थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  संक्रमितहरु नवलपुर, पर्वत, स्याङ्गजा र लमजुङका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ६ का ४० र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका ४ का ३५ र ५६ वर्षका पुरुष,  र ३३ वर्षीया महिला, हुप्सेकोट ३ का ४५, २४ र ५८ वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिला र हुप्सेकोट ५ का ३७ वर्षीया महिलाको को परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यता पर्वतको कुश्मा नगरपालिका १ का ५७ वर्षीया महिला र वडा नखुलेका एक ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै स्याङ्गजा फेदीखोला गाउँपालिका वडा नखुलेका २१ वर्षीय युवकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने, लमजुङ मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएका मध्ये पर्वत कुश्माका ३५ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् । नवलपुर हुप्सेकोट ५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ३३५१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds