पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ७, चन्द्रकोटमा अवस्थित संगम मावि परिसरमा स्थानीयले सरसफाई गरेका छन् । विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी मञ्चको सहकार्यमा संगम मा।वि। बचाऊ अभियानद्वारा विद्यालय सरसफाई कार्यक्रम ‘झारा’ को आह्वान गरिएको हो ।
उक्त ‘झारा’ मा साबिक लुम्ले गाविस वडा नं १, २, ३ र ४ तान्चोक, माझगाँउ, पात्लेखेत, तोमिजुङ्ग, ह्वाँडी र चन्द्रकोटका गरि कुल ८१ जनाको उल्लेख्य सहभागिता रहेको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । ‘झारा’ द्वारा विद्यालयको प्रवेशद्वार, प्राङ्गण, कक्षाकोठा, होस्टेल, शौचालय, खेलमैदान, सिंढीबाटो लगायत भवन अगाडि र पछाडिको खाली जग्गामा उम्रिएको झारपात, झाडी, बुट्यान आदि सबै ठाँउमा सरसफाई गरिएको थियो ।
आजको सरसफाई कार्यक्रममा सहभागीहरूको खाजानास्ताको लागि तान्चोक कोटगाँउ (पोखरा १, बगर) हाल युके निवासी संगम माविका पूर्व विद्यार्थी अम्बले गुरूङ्गले १० हजार सहयोग मिलेको समितिले जानकारी दिएको छ ।

हामी संगम बचाऊ अभियान र पूर्व विद्यार्थी मञ्चको तर्फबाट विद्यालय सरसफाई कार्यक्रममा सकृय रूपमा सहभागी स्थानीय लगायत सहयोगदाता एवम् समस्त विद्यार्थीहरूमा हार्दिक धन्यवाद ज्ञापन सहित अगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको विद्यार्थी मञ्चका कोषाध्यक्ष आश गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु