चन्द्रकाेटकाे संगम माविका पूर्व विद्यार्थी मञ्चद्वारा विद्यालय सरसफाई

चन्द्रकाेटकाे संगम माविका पूर्व विद्यार्थी मञ्चद्वारा विद्यालय सरसफाई

सरसफई

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ७, चन्द्रकोटमा अवस्थित संगम मावि परिसरमा स्थानीयले सरसफाई गरेका छन् । विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी मञ्चको सहकार्यमा संगम मा।वि। बचाऊ अभियानद्वारा विद्यालय सरसफाई कार्यक्रम ‘झारा’ को आह्वान गरिएको हो ।

उक्त ‘झारा’ मा साबिक लुम्ले गाविस वडा नं १, २, ३ र ४ तान्चोक, माझगाँउ, पात्लेखेत, तोमिजुङ्ग, ह्वाँडी र चन्द्रकोटका गरि कुल ८१ जनाको उल्लेख्य सहभागिता रहेको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । ‘झारा’ द्वारा विद्यालयको प्रवेशद्वार, प्राङ्गण, कक्षाकोठा, होस्टेल, शौचालय, खेलमैदान, सिंढीबाटो लगायत भवन अगाडि र पछाडिको खाली जग्गामा उम्रिएको झारपात, झाडी, बुट्यान आदि सबै ठाँउमा सरसफाई गरिएको थियो ।

आजको सरसफाई कार्यक्रममा सहभागीहरूको खाजानास्ताको लागि तान्चोक कोटगाँउ (पोखरा १, बगर) हाल युके निवासी संगम माविका पूर्व विद्यार्थी अम्बले गुरूङ्गले १० हजार सहयोग मिलेको समितिले जानकारी दिएको छ ।

हामी संगम बचाऊ अभियान र पूर्व विद्यार्थी मञ्चको तर्फबाट विद्यालय सरसफाई कार्यक्रममा सकृय रूपमा सहभागी स्थानीय लगायत सहयोगदाता एवम् समस्त विद्यार्थीहरूमा हार्दिक धन्यवाद ज्ञापन सहित अगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको विद्यार्थी मञ्चका कोषाध्यक्ष आश गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ