हामी गर्न सक्छौँ सहयोगी हातहरु (वी क्यान डु हेल्पिङ ह्याण्डस्) संस्थाले पोखरामा रहेका विभिन्न वृद्धाआश्रम र सडक बालबालिकालाई डाबर नेपालको सहयोगमा जुस वितरण गरेको छ ।
शनिबार संविधान दिवसको दिन पारेर संस्थाले पोखरामा रहेका केहि वृद्धाआश्रमहरु, कल्याणी बाल आश्रम लामाचौर, केदारेश्वर मन्दिर लेकसाइड, मानव सेवा आश्रम छोरेपाटन, राष्ट्रिय परोपकारी सघं नेपाल ढुङ्गेसाँघु, सृजनशील बालगृह ढुङ्गेसाँघु, पोखरा आरोग्य वृद्धाश्रम साथै पोखराको मूख्य चोकहरु लामाचौर, बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड पृथ्वीचोक, बिरौटा र छोरेपाटनमा रहेका सडक बालबालिका र बेवारिसे मानिसहरु गरी २०० एम.एल.को ५० केस जुस वितरण गरिएको संस्थाका सचिव नवराज दाहालले बताए ।

संस्थाले गरेको अनुरोधलाई स्विकार गर्दै डाबर नेपालका सिनियर सेल्स अफिसर राजेन्द्र न्यौपानेको प्रत्यक्ष उपस्थितिमा जुस वितरण गरिएका हो । उनले कोरोना प्रकोपपछि लामो समयसम्ममा पनि वृद्धाआश्रम साथै सडक बालबालिकाले पेट भरी खान नपाएको अवस्थामा केही राहत पुगोस् भनेर संस्थाले गरेको अनुरोलाई आत्मसाथ गर्दै यस्तो महान काममा जोडिएको जानकारी दिए ।
वि.स. २०७५ सालमा स्थापना भएको उक्त संस्थाले स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा काम गर्दैैै आईरहेको छ । कहरले हैन रहरले सहयोग गरौँ मुख्य भावका साथ स्थापना भएको उक्त संस्थाले विगत २ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेको संस्थाका अध्यक्ष सोमनाथ अधिकारीले बताए ।
यस्तै संस्थाले हप्ताको शनिबार विभिन्न ठाउँमा गएर सामाजिक क्षेत्रमा धेरै काम गरेको र यो विषम परिस्थितीमा पनि यस संस्थाले निरन्तर रुपमा प्रत्यक्ष रुपमा आम मानिसलाई सहायता हुने गरी आर्थिक तथा भौतिक सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व पुरा गर्ने संस्थाकी संस्थापक अध्यक्ष ईन्दु शर्मा जानकारी दिईन् ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो