ईक्यान कास्कीद्वारा प्रशासनलाई ज्ञापनपत्र

ईक्यान कास्कीद्वारा प्रशासनलाई ज्ञापनपत्र

ecan-kaski-640×430

कोरोना संक्रमण फैलिन नदिन सरकारले गत बर्ष चैत्र ११ गते देखी लकडाउन गरेपछि बन्द रहेको शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।


६ महिना लामो लकडाउन पछि अहिले अधिकांश व्यवसायहरु सञ्चालन भईसकेको अवस्थामा शैक्षिक परामर्श  संघ (ईक्यान) कास्कीले सरकाले लागु गरेको सुरक्षाका मापण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीको छ ।
यस्तै वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श अनलाइनमार्फत नै धेरै काम हुने भएकाले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने आफूहरुको माग रहेको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले बताए ।

शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनमा जाने विद्यार्थीले लिने अध्ययन अनुमतीपत्र अनलाइन मार्फत जारी गर्न शुरु गरिएको, अध्यागमन विभाग, दुतावास, भि एफ एस लगायत सवै खुलेकाले विद्यार्थीको सहजीकरणका लागि व्यवसाय सञ्चालन गर्नुपर्ने सचिव रुद्रप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ