जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ

Syangja Police

स्याङ्गजा – स्याङ्गजा प्रहरीले एकैदिन ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्गजा र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विभिन्न घटनामा अदालतहरुको फैसलाले सजाय तोकेर हालसम्म फरार रहेका ४८ जना प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हाडनाता करणी मुद्धामा २ वर्ष कैद सुनाइएका विगत २३ वर्ष देखी फरार रहँदै आएका हरिनाश गाउँपालिका ५ बस्ने ६४ वर्षीय कर्ण बहादुर मह भनिने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ वर्ष कैद सजाय पाएर १५ वर्ष देखि फरार रहँदै आएका चापाकोट नगर पालिका ४ बस्ने ४५ वर्षीय भक्त बहादुर सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद सजाय पाएर १० वर्षदेखि फरार रहँदै आएका हरिनाश गाउँपालिका १ बस्ने ६२ वर्षीय लाल बहादुर नाम्जाली रहेका छन् । यसबाहेक पक्राउ परेका अन्य फरार प्रतिवादीहरुमा कुटपिट, लागु औषध, चेक अनादर, अंशबण्डा, सम्बन्ध बिच्छेद लगायत मुद्धाका रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी कार्यालय स्याङ्गजाको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक महिनाको अवधिमा विभिन्न मुद्धाका ८३ जना पक्राउमा परिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ