स्याङ्गजा – स्याङ्गजा प्रहरीले एकैदिन ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजा र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विभिन्न घटनामा अदालतहरुको फैसलाले सजाय तोकेर हालसम्म फरार रहेका ४८ जना प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हाडनाता करणी मुद्धामा २ वर्ष कैद सुनाइएका विगत २३ वर्ष देखी फरार रहँदै आएका हरिनाश गाउँपालिका ५ बस्ने ६४ वर्षीय कर्ण बहादुर मह भनिने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ वर्ष कैद सजाय पाएर १५ वर्ष देखि फरार रहँदै आएका चापाकोट नगर पालिका ४ बस्ने ४५ वर्षीय भक्त बहादुर सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद सजाय पाएर १० वर्षदेखि फरार रहँदै आएका हरिनाश गाउँपालिका १ बस्ने ६२ वर्षीय लाल बहादुर नाम्जाली रहेका छन् । यसबाहेक पक्राउ परेका अन्य फरार प्रतिवादीहरुमा कुटपिट, लागु औषध, चेक अनादर, अंशबण्डा, सम्बन्ध बिच्छेद लगायत मुद्धाका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी कार्यालय स्याङ्गजाको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक महिनाको अवधिमा विभिन्न मुद्धाका ८३ जना पक्राउमा परिसकेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह