तनहुँ । पहाडकी रानी उपनामले चिनिएकाे तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएकाे छ ।
नेपालकै नयाँ पर्यटकिय क्षेत्र बनाउने उदेश्य सहित र बन्दिपुरकाे विकासलाई फैलाउन गाउँपालिकाको वडा नं २ काे थारुबास क्षेत्रमा करिब १२० राेपनि क्षेत्रफल जग्गामा नयाँ मानव निर्मित जलासय बनाईने भएकाे हाे ।
जलासय निर्माण समिति र प्रभावित क्षेत्रका स्थानीयले केही दिन अघि बैठक बसेर वैज्ञानिक ल्यान्ड पुलिङ विधिबाट कार्य अगाडि बढाउनका लागि स्थानिय जग्गावाला र माेहि बीचमा सहमति गर्ने निर्णय गरिएकाे देबीथान जलासय निर्माण समितिका सचिव सुदिन पाैडेलले जानकारी दिए ।
बैठकका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष पुर्ण सिङ थापाले मानव निर्मित तालले बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटककाे आगमन बढ्ने र बन्दिपुरकाे बसाईलाई समेत लम्ब्याउन सकिने हुँदा यस क्षेत्रका मानिसकाे आर्थिक अवस्था उकासिने बताए ।
साथै उनले सबै जग्गावालालाई सहमति गराई बिकासकाे याेजना अगाडि बढाइने जानकारी दिए ।
ताल वरपर आकर्षक हाेटल तथा रेष्टुरेन्ट निर्माण गरिने याेजना रहेकाे र तालमा माछा पालन व्यवसाय पनि संचालन गरिने समितिका अध्यक्ष ईश्वरगाेपाल प्रधानले बताए ।
कार्यक्रममा नेकपा बन्दिपुरका नेता तथा जलासय निर्माण समितिका उपाध्यक्ष सुरेन्द्र थापा, जलासय निर्माण समितिका सदस्य तथा अनेरास्ववियू केन्द्रीय सदस्य अर्बिन्द्र भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?