यो अनौठो सुगा: यूट्युबमा भिडियो हेर्न पाए मख्ख, नपाए हैरान !

यो अनौठो सुगा: यूट्युबमा भिडियो हेर्न पाए मख्ख, नपाए हैरान !

suga

सुगाले ‘रामराम’ बोल्न सिकेको, परिवारका सदस्यसँग सामान्य कुराकानी गरेको सुन्नु नै भएको होला । तर सुगाले यूट्युब भिडियो हेर्छ भनेको सुन्दा पत्याउनुहुन्छ रु पत्याउन गाह्रो पर्ला । सुगाले आफैं यूट्युब चलाउन सक्छ ? सक्दैन भन्ने जवाफ नै आउला ।

भारतको बिहारस्थित कटिहार जिल्लामा अनौठो सुगा छ, जसले आफ्नो मुखको चुच्चोले यूट्युब खोलेर हेर्ने समेत गर्छ ।

मोबाइलमा रमाउने त्यो सुगा यूट्युब हेर्न पाए मख्ख पर्छ भने नपाए हैरान हुन्छ । कटिहारीको नयाँ टोलमा बस्ने राजेशकुमार बर्माको घरमा रहेको सुगाको नाम मिट्ठू हो । यो घरका सदस्यसँग कुराकानी गर्ने, खेल्नेदेखि यूट्युबमा मन पर्ने भिडियो खोजेर हेर्छ ।

यूट्युबमा त्यो सुगालाई यस्तो बानी परेको छ कि त्यो मोबाइल विना बस्नै सक्दैन । सुगा स्मार्ट फोनलाई आफ्नो मुखको चुच्चोले खोल्छ । आफैं मोबाइलमा मन पर्ने भिडियो लगाएर हेर्छ । त्यो सुगा यूट्युबमा सुगा सम्बन्धी भिडियो नै बढी हेर्ने बानी परेको छ ।

घरका मान्छेले मिट्ठूलाई बच्चा जस्तै पालेका छन्, त्यो परिवारको सदस्य जस्तै छ । परिवारका सदस्यले यसलाई चम्चाले खाना खुवाउँछन् । मिट्ठूलाई एकपल्ट देखेका मान्छे यसको प्रशंसा गर्छन् ।

परिवारका अनुसार मिट्ठूले कुनै अशुभ घटनाबारे समेत पहिल्यै जानकारी दिने गरेको छ । स्थानीयहरू भन्छन् कि डिजिटल युगमा मान्छे मात्रै नभई पशुपन्छी समेत प्रविधिमैत्री हुन थालेका छन् ।

(आजतक अनलाइनबाट)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ