कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

dog covid 19

कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् ।

तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।

युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो ।

‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् ।

एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ