तनहुँ । शुक्रबार बिहान अन्दाजी ७ बजेको समयमा तनहुँको शुक्लागण्डकी-७ कुम्लेखोलामा सोहि स्थान बस्ने ६० वर्षिया वृद्धा तेज कुमारी ढकाल आफ्नै घर भित्र मृत फेला परेकी थिइन् ।
ढकाल आफ्नै घरभित्र भुईमा दुबै हात, खुट्टा र घाँटीमा सलले बाधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उक्त घटनामा संलग्न व्यक्तीहरुको खोजतलास गर्दा घटनामा संलग्न रही तत्काल फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका-१ बसेनी बस्ने ४६ वर्षिय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गौतमलाई शुक्रबार दिउसो ३ बजेको समयमा व्यास नगरपालिका वडा नं २ सहिदगेटबाट हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सोहि घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल समेतको टोली घटनास्थलमा गई घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दा शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गौतमलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन