गण्डकीमा आज कोभिड अपडेटः पोखरामा १७ सहित २८ थपिए, संक्रमित संख्या ३६ सय ७३

गण्डकीमा आज कोभिड अपडेटः पोखरामा १७ सहित २८ थपिए, संक्रमित संख्या ३६ सय ७३

Gandaki-Mapp

गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ६ सय ७३ पुगेको छ । पोखरामा १७ जनासहित प्रदेशमा आज २८ जना थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका छन ।

अनुसार निर्देशनालयमा कार्यरत ३ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र डव्लु.एच ओ आइपिडीमा कार्यरत एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षिय पुरुष, पोखरा १० का २१ वर्षका पुरुष तथा १९ र ४४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत व्यास ११ का १६ वर्षीय पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, वेसीसहर ८ का २९ वर्षका पुरुष र वेसीसहरकै ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि, पोखराका १० जना सहित गण्डकी प्रदेशमा १५ जनामा बिहानै कोरोना सक्रमण पुष्टि भएको छ । पहिलो विज्ञप्ती अनुसार कास्कीको पोखरा सहित ४ जिल्लाका थप १५ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत पोखरा ४ का ४५ र ४७ वर्षीय २ प्रहरीमा कोरोना पुष्टि भएको छ । त्यसैगरी नवलपुर राष्ट्रिय वाणिज्य वैंक गैंडाकोटा शाखामा कार्यरत पोखरा ६ की २६ वर्षीया महिला, स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कार्यरत पोखरा १० का ४७ वर्षीय पुरुष, पोखरा १३ की ५४ वर्षीया महिला, पोखरा १४ का २७ र ४३ वर्षीय पुरुष, पोखरा १५ का २० वर्षीय पुरुष र ३५ वर्षीया महिला र पोखरा १६ का २५ वर्षीय पुरुषमा समेत कोरोना सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ शुक्लागण्डकी २ का २५ वर्षीय पुरुष, तनहुँ भानु २ का २६ वर्षीय पुरुष र नेपाल प्रहरीमा कार्यरत मनाङ चामेका ३१ वर्षीय पुरुष, लमजुङको दुधपोखरी ६ का २५ वर्षीय पुरुष तथा राइनाशका ६ का ४० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ