मणिपालमा उपचाररत बिरामीसहित गण्डकीमा थपिए १८ संक्रमित

मणिपालमा उपचाररत बिरामीसहित गण्डकीमा थपिए १८ संक्रमित

Manipal Hospital

पोखरा । गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका ब्यास नगरपालिका १ का २ जना पुरुष, २ का १ जना महिला, ३ का १ महिला र १ पुरुष, ७ का १ पुरुष, १० र १३ का १र१ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै लमजुङको राइनासका ४ का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा  कावासोती ३ का १० वर्षीय बालक सहित १६ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १७ का ५२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोट २ का २५ र ३८ वर्षीय पुरुष तथा ८ का २८ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै गोरखा जिल्लाको सहिद लखनथापा १ का ५३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३७९५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ