बागलुङ ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो । बाढीले एक सय ३१ घरमा क्षति पुर्याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । बेपत्तामध्येकी एक बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् ।
जसमध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।बाढीले अवरुद्ध भएको बुर्तिबाङदेखि ढोरपाटन जोडिने सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आएको छ ।घरबास गुमाएका पीडित अहिले सडकमा पाल टाँगेर बसेका छन् भने केहीले आफन्तको घरमा आश्रय लिएका छन् ।
बाढीले ११ वटा जलविद्युत् केन्द्रको विद्युत् गृह र नहर बगाउँदा विद्युत् आपुर्ति पूर्णरुपमा बन्द भएको छ ।एक स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा ढलान पुल, १० काठेपुल र दुई विद्यालय बाढीले बगाउँदा समस्या भएको स्थानीयले बताएका छन् । खानपान र बसाइको उचित व्यवस्थापन नहुँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने गरेका छन् ।
विभिन्न संस्थाहरुले दिएको राहतले बिहान बेलुकीको छाक टारेको र चिसो सडकमा रात बिताएको नमिठो अनुभव स्थानीयको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो