वडा प्रहरी कार्यालय वालिङद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

वडा प्रहरी कार्यालय वालिङद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

arrest

सांकेतिक तस्बिर

स्याङजा – लागुऔषध मुद्दाका फरार प्रतिवादी भिरकोट नगरपालिका-९ घर भएका २० वर्षीय सुजन गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध अन्य मुद्दामा २ हजार रुपैयाँ जरिवाना र ४ महिना २१ दिन कैद ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत स्याङजामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय स्याङजा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ