प्रहरी निरीक्षकको नक्कली पोसाक लगाएर नक्कली लोक सेवा परीक्षा सञ्चालन : ८ जना पक्राउ

प्रहरी निरीक्षकको नक्कली पोसाक लगाएर नक्कली लोक सेवा परीक्षा सञ्चालन : ८ जना पक्राउ

arrest-pakrau

सिमरा – राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नक्कली इन्स्पेक्टर बनेर वीरगञ्ज महानगरपालिका–१६ नगवामा स्थित देव पार्टी प्यालेसमा परीक्षा लिइरहेको भन्ने गोप्य सुचनाका आधारमा खटिएको प्रहरीको टोलिले नक्कली इन्स्पेक्टर सहित ८ जनालाई पक्राउ गरेको हो। स्रोतका अनुसार नेपाल प्रहरी तथा अनुसन्धान ब्युरोको विभिन्न पदमा जागिर लगाइदिने भन्दै उनीहरुले लाखौँ ठगी समेत गरेका छन् ।

प्रहरीले उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थीको सहभागीता रहेको जनाएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ