के कोरोनाको खोप आएपछि जनजीवन सामान्य होला ? के भन्छन् वैज्ञानिक ?

के कोरोनाको खोप आएपछि जनजीवन सामान्य होला ? के भन्छन् वैज्ञानिक ?

corona

बीबीसी – के तपाईलाई यस्तो लाग्छ, कोरोनाको खोप आएपछि सबै विषयहरु ठिक ठाक अगाडि बढ्न सक्छ । अथवा खोप आएपछि एकदमै सामान्य भएर जान्छ ।

तपाईंले यस्तो सोचीरहनु भएको छ भने त्यो सरासर गलत हुन जान्छ । त्यस्तो सोचाईका विरुद्ध विश्वका धेरै वैज्ञानिकहरुले यसको बारेमा राम्रै चेतावनी दिएका छन् ।

खोपलाई एक यस्तो उपायको रुपमा देखाइएको छ, जुन आउना साथ महामारी समाप्त भएर जानेछ ।

तर रोयल सोसाइटीका एक शोधकर्ताले आफ्नो रिपोर्टमा भनेका छन् कि के हुनेछ वा के हुन सक्नेछ । यसलाई लिएर हामी तार्किक एवम् व्यवहारिक हुनु जरुरी छ ।

वैज्ञानिकहरुले भनेका छन् खोप आएपनि त्यसको प्रभावकारीता देखिन कम से कम एक वर्षको समय लाग्नेछ । यस कुरा नै प्रमुख आवश्यकता हो कि भाइरसका कारण जुन जुन क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । उसको विस्तारै विस्तारै हटाउँदै जानेछ ।

खोपका बारेमा लिएर चलीरहेका प्रयोगका कुरा गरौ । संसारभर २०० वटा खोपको परियोजना चलीरहेको छ । कोही प्रारम्भिक चरणमा रहेको छ भने कोही क्लिनकल परिक्षणका लागि तयार भएको छ ।

इम्पेरियल कलेज लण्डनका हर्ट एण्ड लंग इन्टिच्यूटका डा फियोना कुलीका अनुसार खोपका बारेमा जानकार हाम्रो मनमा यस्तो सोच पैदा भएको छ कि महामारी समाप्त भएर जाने छ ।

तर यो कुरा भुल्नु हुँदैन कि खोपको प्रयोग कर्या पटक असफल भएको छ । असफताको धेरै उदाहरण देख्न समेत परेको छ ।

बेलायत सरकारको वैज्ञानिक सल्लाहकार समेत तमाम मानिसहरुको यस्तो सोचाई छ कि यस वर्षको अन्तयसम्म खोप तयार गर्न सकिनेछ ।

तर ठूलो परिमाणमा परिक्षण समेत गर्न सकिनेछ । रोयल सोसाइटीले चेतावनी दिएको छ खोप कयौ पटक परिक्षण गरिने यो लामो यात्रा हो ।

इम्पेरियल कलेज लण्डनमा केमिकल इन्जिनियरिङका प्रध्याक निलय साह भन्छन् – यदि खोप उपलब्ध भयो भने पनि यसको मतलब यो बिल्कुल होइन कि एक महिना भित्रै हर कसैलाई लगाइनेछ ।

त्यसका लागि ६ महिनादेखि ९ महिना वा १ वर्षसम्मको समय लाग्नेछ ।

यस कुराको त्यो सवाल भने उठेको छैन कि आगामी मार्चसम्म जनजीवन अचानक पहिलेको जस्तै सामान्य भएर जानेछ ।

यस दिशामा अझै अझै कयौं चुनौती रहेको छ । जबकी कुनै प्रयोगको तरिका अपनाइएको छ । जसमा ठूलो परिमाणमा केही परिक्षण भने भइरहेको छ । तर अझै चुनौती भने बाँकी नै रहेको छ ।

जसरी खोप बनाउनका लागि कच्चा सामग्रीको आवश्यकता पर्दछ । न कि केवल खोपका लागि काँचको शिशिको साथ साथममा रेफ्रिजेरेटको क्षमता समेत एक चुनौती रहनेछ ।

कुनै कुनै खोप माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने आवश्यकता रहन्छ । साहका अनुमान यो छ कि वार्षिक रुपमा सामान्य फ्लूको नियन्त्रणका लागि हामी जुन तरिकाले काम गछौं, कोरोनालाई पूर्ण रुपमा नियन्त्रणका लागि त्यसको १० गुणा बढी गतिका साथ काम गर्नु जरुरत पर्दछ । त्यसका साथ साथै करिब ३० हजार जना दक्ष जनशक्तिको समेत आवश्यकता पर्नेछ ।

मलाई यस बारेमा चिन्ता छ कि यो सबैको बारेमा गम्भीरताका साथ सोचिराखिएको छ त ?

कयौं खोपको प्रारम्भिक परिक्षणमा नै पत्ता लाग्ने छ कि यसको प्रयोग गरेर प्रतिरक्षा प्रतिक्रिया बढ्नेछ । किनकी कुनै पनि अध्ययनमा अहिलेसम्म अगाडि आएको छैन कि यो पूर्ण रुपमा सुरक्षित छ र कोरोनाको लक्षण क्रमशः कम हुँदै जानेछ ।

अध्ययन माथि टिप्पणी गर्ने वाथ विश्वविद्यालयका डा एन्ड्यू प्रेस्टन भन्छन् – खोपलाई यस्तो अचूक उपायको रुपमा चित्रण गरिएको छ कि जुन आउनेवाला महामारीको समेत दूर गरिदिनेछ । तर सम्झन यो यो जरुरी छ कि यसको असर देखिन समय लाग्नेछ ।

इम्पेरियल कलेज लण्डनका इम्यूनोलोजीका प्रमुख प्राध्यापक चाल्स बांगलका अनुसार खोप कस्तो तयार भयो र यो कति प्रभावकारी होला ।

यो हर कसैलाई सहज रुपमा उपलब्ध हुन सक्नेछ । उनी अगाडि भन्छन्– यदि यो प्रभावकारी हुन सक्छ । वा पहिलेको जस्तै सबै क्षेत्र उस्तै हुन सक्छ । खोपसँग जोडिएका कयौ अन्य सवाल समेत अनुत्तरित रहेको छ ।

पहिलो खेप नै प्रर्याप्त हुने छ वा पुनः दोस्रो बुस्टरको समेत आवश्यकता पर्नेछ । वा १ वा २ वर्ष बिराएर पुनः प्रयोग गर्नुपर्नेछ ।

कि कुनै खोपले मानिसलाई उसै तरिकाले काम गर्नेछ ? खोप लगाएको कति दिनसम्म त्यसले प्रभाव देखाउनेछ ।

अध्ययन माथि टिप्पणी गर्ने वाथ विश्वविद्यालयका डा एन्ड्यू प्रेस्टन भन्छन् – खोपलाई यस्तो अचूक उपायको रुपमा चित्रण गरिएको छ कि जुन आउनेवाला महामारीको समेत दूर गरिदिनेछ । तर सम्झन यो यो जरुरी छ कि यसको असर देखिन समय लाग्नेछ ।

उनका अनुसार देशमा आउने हरेक नागरिकका लागि प्रवेशाज्ञा जस्तै खोप प्रवेशाज्ञा समेत आवश्यकता पर्ने छ वा अरु कुनै उपाय पनि छ । खुसीको कुरा यो छ कि मानिसहरुलाई खोपको विषयलाई लिएर एउटा उत्सुकता भने बढीरहेको छ ।

उनी सवाल गर्छन् कि कुनै व्यक्तिलाई खोप लगाउने र अर्कोलाई छाडिदिने भन्ने पनि हुन सक्ला र ? वा विद्यालय जाने हरेक बच्चाका लागि खोप अनिवार्य गर्न सकिनेछ । उनी भन्छन् यो असाध्यै कठिन र उल्झन समेत भरिएको प्रश्न हो । जसको उत्तरु अझै कोही कसैले दिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds