तनहुँ । तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा शुक्रबार ५ जना कोरोना सङ्क्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-२ का ४२ र ५९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै व्यास-४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास-२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।
त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
२ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन ।
त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन ।
संक्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।
सबै जना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति हुन ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?