पोखराका ८ सहित गण्डकीमा फेरि थपिए ३९ कोरोना संक्रमित

पोखराका ८ सहित गण्डकीमा फेरि थपिए ३९ कोरोना संक्रमित

Pokhara beauty b

पोखरामा थप ८  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्तिमा अनुसार कास्कीका ८  सहित गण्डकी प्रदेशमा थप ३९ जना संक्रमित थपिएको उल्लेख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नम्बर ३ का ५० वर्षीय महिला, वडा नम्बर ४ का ३७ वर्षीय पुरुष, ११ का ५५ वर्षीय पुरुष, १२ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १४ का ४० र ४३ वर्षीय २ जना पुरुष, वडा नम्बर १७ का ४५ तथा १८ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा वालिङ नगरपालिकाका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाग्लुङमा जिल्लाको बरेङ ४ का १७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का १५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको बन्दिपुर गाउँपालिकाका ५ जना र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बन्दिपुर-१ का ४२ र १८ वर्षीय पुरुष र २२ वर्षीया महिला, ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दिपुर-२ की २३ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ ।

यसैगरी, शुक्लागण्डकी-४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ३२ र ३९ वर्षीय पुरुष र त्यस्तै ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ । यस्तै शुक्लागण्डकी-६ का ४१ वर्षीय पुरुष र शुक्लागण्डकी-८ का २३ वर्षीयपुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

म्याग्दीमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मालिका ५ की ३५ वर्षीय महिला हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५७२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ