काठमाडौं : २७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था ‘अत्यन्तै’गम्भीर भएको भन्दै ९ जना चिकित्सकले उनको जीवनरक्षाको माग गरेका छन्।
विभिन्न विधाका ९ चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डा. गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीले ९ जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका हुन्।
‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं’, अपीलमा भनिएको छ, ‘हाल भइरहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्याउनका निमित्त अपनाउनुपर्ने संवेदनशीलतालाई सूक्ष्म रुपमा मनन गरेर डाक्टर केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भीर हुन हामी गर्दछौं।
९ चिकित्सकको तर्फबाट जारी भएको अपीलमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर केदारनरसिंह केसीले हस्ताक्षर गरेका छन्। यो अपील नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्वराजदूत रहेका डाक्टर महेश मास्के, चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, डा. सरोज धिताल, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डाक्टर अर्जुन कार्कीले जारी गरेका हुन्।
चिकित्सकहरुले सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागको कार्यान्वयनमा जोड दिएका छन्। भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। डा. केसीको यो १९ औं अनशन हो। शनिबार उनी अनशन बसेको २७ दिन पुगेको छ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ