लमजुङका हाईड्रोमा कार्यरत २७ कर्मचारीलाई कोरोना, गण्डकीमा एकैपटक ७६ संक्रमित थपिए

लमजुङका हाईड्रोमा कार्यरत २७ कर्मचारीलाई कोरोना, गण्डकीमा एकैपटक ७६ संक्रमित थपिए

Corona update 4

गण्डकी प्रदेशमा ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो विज्ञप्ति अनुसार  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

लमजुङमा एकैपटक २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनिहरु २४ पुरुष र ३ महिला रहेका छन । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका २७ जना नै लिबर्टी हाईड्रो कम्पनिमा कार्यरत कर्मचारीहरु हुन ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ५ हजार १०० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ