कोरोना बीमा गरेका व्यक्ति सरकारी अस्पतालबाट उपचार गराए बीमाको रकम सरकारलाई दिनुपर्ने

कोरोना बीमा गरेका व्यक्ति सरकारी अस्पतालबाट उपचार गराए बीमाको रकम सरकारलाई दिनुपर्ने

corona-bima

काठमाण्डौ – संक्रमित व्यक्तिले सरकारी अस्पतालबाट उपचार गराएको र कोरोना बीमा गरेको खण्डमा बीमितको उपचारमा लागेको खर्च सरकारले बीमांक रकमबाट लिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बीमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

यसबाहेक जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds