आजबाट यो वर्षको मनसुन नेपालमा सकियो

आजबाट यो वर्षको मनसुन नेपालमा सकियो

mausam

यो वर्षको मनसुन आजबाट सकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता मनसुनी वायू सक्रिय रहेकोमा त्यो पनि आजबाट अन्त्य भएको हो ।

यो वर्ष जेठ ३० गते पूर्वी भूभाग हुँदै नेपालमा मनसुन भित्रिएको थियो । “सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा असोज १५ गतेबाट नै बहिर्गमन भएको यो वर्षको मनसुन आजबाट नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ,” विभागले भनेको छ ।

पश्चिमी वायूले मनसुनी वायूलाई धकेल्दै नेपाली भूभागबाट मनसुनी वायू बाहिरिएको मौसमविद् वरुण पौडेलले बताए । यो वर्ष औषतभन्दा लामो समय मनसुन सक्रिय रह्यो । सामान्यत सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष तीन साता पछिसम्म मनसुन सक्रिय रहेको हो ।

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर, पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ