रोहन जंग कार्कीको ‘कान्छी ओ कान्छी’ सार्वजनिक

रोहन जंग कार्कीको ‘कान्छी ओ कान्छी’ सार्वजनिक

04-1-750×400

पोखरा  । युवा गायक रोहन जंग कार्कीको दोश्रो प्रस्तुती कान्छी ओ कान्छी गीत आज कात्तिक १ गते सार्वजनिक भएको छ । लोक–पप विदामा गाइएको यो गीत एसटु प्रोडक्सनको युट्युव च्यानल मार्फत् घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेका हुन्  ।

गीतमा शब्द र संगीत विराज गौतमको रहेको छ भने शैलेस श्रेष्ठ गीतका एरेन्जर हुन् । सुरज श्रेष्ठले निर्देशन र सम्पादन गरेको सो गीत एसटु प्रोडक्सनले छायांकन गरेको हो । गीतमा सौरभ थापा र सुस्मिता गौचनले अभिनय गरेका छन् । जया गुरुङ गीतको मेकअप आर्टिष्ट हुन् । स्कृप्ट राइटिङ भने राहुल सापकोटाको हो ।

सानैदेखि गीतसंगीततर्फ रुची भएका रोहनले खासमा स्थानीय ल्लोबल कलेजियट स्कूलमा प्राथमिक तहको अध्ययन पार गरेदेखि नै गीत गाउन थालेका हुन् । भविश्यमा संगीत विद्यालय खोल्ने र राजधानी गएर आफ्नो कलालाई थप परिपक्व बनाउने उनको धोको छ ।

ओ कान्छीको म्युजिक भिडियो ल्याउनमा सहयोग र हौसला प्रदान गरेवापत उनले पिता सूर्यवहादुर कार्की, आमा संझना कार्की, दाइ रोहित जंग कार्की, भाउजू दिपीका कार्की र रेष्टुरेण्टहरु– कोकोविच, जोष्ट तथा, होटेल सेरेनिटी, जेएक्सोलप्रति आभार प्रकट गरेका छन् । यसैगरी सन्तोष बानिया, विवेक क्षत्री, श्रीकृष्ण ओली, रोशन राना र अजय गुरुङप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ