काठमाडौ । चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ।
शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ।
नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म मार्फत नेपाली र सम्वन्धित देशको कला सँस्कृतीको उत्थानमा योगदान दिएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ।
२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियोे।
‘मल्टी स्टार’ र ‘बिग बजेट’ फिल्म भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटको स्विकारोक्ती छ।
यस अगाडि निर्माण गरेको फिल्म बाग्मती ब्यवसयिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यसोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्म प्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्नासाथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गर्नुलाई सापकोटा सह्रानिय भएको बताउँछन्।
आज रिलिज गरिएको दोश्रो टिजरमा माया र सम्बेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्म मार्फत डिब्युको तयारी गरेका शक्ति श्रेष्ठ र कविता मानन्धर यो दोश्रो टिजरमा आएर समिटिएका छन्। डेब्यु भए पनि उनीहरुले फिल्ममा गरेको मेहनत र अनुभवी कलाकार झै गरेको जिवन्त अभिनयले फिल्मको रौनक बढाउने फिल्म युनिटको अपेक्षा छ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता यसोधा राई र दिनेश दर्शनधारी र सह निर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर छन् ।
भिडियो :
https://youtu.be/YTHsj-12_qA
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह