पोखराको हेम्जामा बन्जी पुनः सञ्चालन, १५ प्रतिशत छुट (तस्वीरहरु) 

पोखराको हेम्जामा बन्जी पुनः सञ्चालन, १५ प्रतिशत छुट (तस्वीरहरु) 

IMG_7659

विश्वव्यापी संकटका रुपमा निम्तिएको कोरोनाले सबै व्यवसाय चौपट बनाउँदा साहसिक खेलमा पनि नराम्ररी प्रभाव प¥यो । सात महिना बन्द हुन पुगेको पोखराको हेम्जा स्थित बन्जी पुनः सञ्चालनमा आएको छ । सेवा सुरुसँगै १५ प्रतिशत छुट अफर पनि सञ्चालक कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले ल्याएको छ ।

असोज १९ गते देखि नै पुनःसञ्चालनमा आएपछि बञ्जी पारखीहरु रम्न थालेका छन् । कोरोनाबाट पूर्ण सावधानीका साथ सेवा सुरु गरिएको सञ्चालक दिनेश महर्जनले बताए । ‘कोरोना महामारीको जोखिम बढ्दै गएपनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पालना गरेर सञ्चालन गरेका छौं ।’ महर्जनले भने– ‘यहाँ पूर्ण सतर्कता अपनाइएकाले डराउनु पर्दैन । छुटका साथ सेवा सुरु गरेका छौं ।’

महर्जनले साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन्, उनीहरुले यसको मज्जा लुट्न सक्ने बताए ।  करिब ७० फिट उचाइको टावरबाट जम्प गर्न सकिने बन्जी गर्दा ४ हजार तोकिएकोमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै, जिप फ्लायरको मूल्य ४ हजार ५ सय रहेकोमा यसमा पनि छुट पाउनेछन् । बन्जी र जिप फ्लायको कम्बो जम्मा मूल्य ७ हजार २०० थियो । यसमा पनि छुटको व्यवस्था छ । प्याराग्लाइडिङ ३५ सयमै गर्न पाइनेमा १५ प्रतिशतको छुट पाइनेछ ।

हाइग्राउन्ड एड्भेन्चर्स नेपालले एड्भेन्चर पार्क पनि छिट्टै नै सञ्चालन गर्दैछ । पार्क भित्र यस्तै साहसिक खेलहरु हुने महर्जनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ