काठमाडौँ– राजस्थान रोयल्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । गएरातिको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दीपक चाहरले २ विकेट लिए ।
जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १र१ विकेट लिए ।
जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ । प्रतियोगिता अन्तर्गत आज किंग्स इलेभेन पञ्जाव र दिल्ली क्यापिटल्स भिड्नेछन् ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ