काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।
सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने तथा कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ । सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि मन्त्री ढकालले आज भिडियो सन्देश जारी गर्दै नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति सरकारको संवेदनशील रहेको बताए ।
यस्तै मन्त्री ढकालले देशभर २६ सय आइसियू रहेकाले उपकरण अभाव हुन नदिने दाबी गरेका छन् । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियू तयारी अवस्थामा रहेको भन्दै उपकरणको अभाव नहुने दाबी गरेका हुन् ।
उनले अझै थप चार सय वटा आइसियू तयार गर्ने कार्य पनि भइरहेको जानकारी दिएका छन् । उनले देशभर ३ हजार पाँच सय वटा अक्सिजन र मोनिटरसहितको हाइ डिपेन्डेन्सी युनिट पनि तयार गर्ने काम तीव्र रुपमा अघि बढेको भन्दै यसले सिकिस्त संक्रमितको उपचारलाई सहज बनाउने बताए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ