कास्कीमा ट्याक्सीको ठक्करबाट ५ वर्षीय बालक गम्भिर घाइते

कास्कीमा ट्याक्सीको ठक्करबाट ५ वर्षीय बालक गम्भिर घाइते

accidentt

पोखरा – कास्कीको नौडाँडामा ट्याक्सीले ठक्कर दिँदा एक ५ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

पर्वतबाट पोखरातर्फ आउँदै गरेको ध १ ज ७९३ नं को ट्याक्सीले अन्नपूर्ण गाउँपालिका–१ नौडाँडामा बिहान ०९:५५ बजे ५ वर्षीय सलिन परियारलाई ठक्कर दिएको हो ।

बाटो काटिरहेका  ५ वर्षीय घाइते सलिनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताएका छन ।  ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds