गण्डकीका मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा

गण्डकीका मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा

gandaki-pradesh-sava-f

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले चाडपर्व वापतको भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन्  ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीसहित अन्य मन्त्रीले पाउने चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यस अघि पनि गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो एक महिनाको तलव उक्त कोषमा जम्मा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ