असोज महिनामा घर जग्गाको कारोवारमा वृद्धि, उपत्यका बाहिर सबैभन्दा बढी कारोबार कास्कीमा

असोज महिनामा घर जग्गाको कारोवारमा वृद्धि, उपत्यका बाहिर सबैभन्दा बढी कारोबार कास्कीमा

Plotting-11

फाइल तस्विर

पोखरा – कोरोना महामारीका बीच असोज महिनामा सबैभन्दा बढी घरजग्गाको कारोबार भएको छ ।

असोज महिनामा देशभरका १ सय ८ वटा मालपोत कार्यालयहरूबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपि जस्ता कार्यगरी कुल एक लाख ७० हजार १ सय १ को कारोबार गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार देशभरका मालपोत कार्यालयबाट असोज महिनामा ५६ हजार ८ सय ३८ लिखित पारित, ३ हजार ४ सय ८३ नामसारी, ४ हजार ५२ संशोधन, ५८ हजार ४ सय ७१ रोक्का र ३३ हजार ७ सय ८० फुकुवा गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार असोज महिनामा सबैभन्दा बढी ६ हजार ८ सय ८१ कारोबार भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर–झापाले गरेको छ ।

यस्तै सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर–लगनखेलबाट सरकारले राजस्व संकलन गरेको छ । भने, उपत्यका बाहिर सबैभन्दा बढी कारोबार गर्नेमा कास्की जिल्ला अगाडि रहेको छ । कास्कीले असोज महिनामा १७ करोड ८४ लाख ८४ हजार राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds