पोखरा घुम्न आएका २५ वर्षीय भारतीय युवकको मृत्यु

पोखरा घुम्न आएका २५ वर्षीय भारतीय युवकको मृत्यु

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – पोखरा घुम्न आएका एक भारतीय युवकको मृत्यु भएको छ ।

भारतको आन्द्र प्रदेश घर भइ काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने मनमोहन मेडिकल कलेजमा अध्ययनरत २५ वर्षीय किशोर कुमारको विहीवार राती ११:०५ बजेको समयमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार साथीहरुसँग पोखरा घुम्न आएका उनी अकस्मात विरामी भएकोमा तत्कालै उपचारका लागि चरक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  मृतक युवकले नशालु पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds