‘बरदान दशैं उत्सव’को खसी उपहार सुस्मितालाई

‘बरदान दशैं उत्सव’को खसी उपहार सुस्मितालाई

bardandashainwinners

पोखरा । बरदान अनलाईन स्टोरको ‘बरदान दशैं उत्सव’को खसी उपाहार सुस्मिता शर्माले जितिकी छिन । पोखराबाट अनलाइन मार्फत व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा बरदान दशैं उत्सव कार्यक्रम गरेको थियो ।

असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म जारी रहेको उक्त उत्सवमा शुक्रबार ग्राहकले सामानमा छुट र विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन ।

शुक्रबार फेसबुक लाइभ मार्फत लक्की ड्र गरि ग्राहकहरुले विभिन्न पुरस्कारहरु जितेका छन ।

लक्की ड्रबाट प्रथम पुरस्कार खसी सुस्मिता शर्माले प्राप्त गरिन । यस्तै दोस्रो पुरस्कार चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिनर लिना श्रेष्ठले पाएकी छिन ।

तेस्रो पुरस्कार प्रिन्सी गुरुङले सराङकोट माउण्टेन लजबाट २ दिन १ रातको कपल स्टे वीथ डिनर र चौथो पुरस्कार आइतबहादुर गुरुङले पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गरेका छन ।

त्यस्तै यस बाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैंया बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पनि पाएका छन ।

यो पुरास्कार प्रयोग गर्नको लागि २ महिना भित्र सम्पर्क गर्नु पर्ने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । दशैं उत्सवको समाप्तिपछि दोस्रो ठुलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले बताए ।

स्टोरका निर्देशक वैभव पौडेलले कोरोना महामारीका बीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउन उत्सव ल्याएको बताए । उनले भने, ‘दशैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं ।’

बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै, ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds