१० दिनको अस्पताल बसाईपछि राप्रपा अध्यक्ष थापा कोरोना मुक्त

१० दिनको अस्पताल बसाईपछि राप्रपा अध्यक्ष थापा कोरोना मुक्त

kamal-thapa

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज डिस्चार्ज भएका छन । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापा स्वास्थ्य लाभ गरि आज घर फर्किएका हुन् ।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले आइतबार साँझ फेसबुक लाइभ मार्फत उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मी र ॐ हस्पिटल परिवारलाई धन्यवाद दिंदै यसपालीको दशैंलाई सतर्कताका साथ मनाउन देशवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ