कोरोना संक्रमणका कारण गोरखाकी १९ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण गोरखाकी १९ वर्षीया महिलाको मृत्यु

corona death

File Photo.

पोखरा  – भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका- १ बस्ने १९ वर्षीया महिला रहेकी छन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुर कोभिड अस्पतालको आइसियुमा ६ गते भर्ना भएकी उनको मंगलबार दिउँसो ३:४५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ती महिलामा कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds