पोखराका ७ सहित गण्डकीमा थप २३ जनामा कोरोना पुष्टि

पोखराका ७ सहित गण्डकीमा थप २३ जनामा कोरोना पुष्टि

Pokhara gono

पोखरा – गण्डकीमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी बुधबारको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ५ जिल्लाका २३ जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -११ का  ५३ वर्षीया महिला, पोखरा -५ का ४४ र ४७ वर्षीय पुरुष, पोखरा -३ का ३८ वर्षीय पुरुष, पोखरा – १२ का ५४ वर्षीय पुरुष, पोखरा -४ का ३६ वर्षीया महिला, पोखरा -१० का ५० वर्षीय पुरुष र पोखरा -२ का २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानेको छ ।

यस्तै स्याङ्गजाको गल्याङ नगरपालिका -३ का २२ र ४९ वर्षीय पुरुष, गल्याङ -८ का २२ वर्षीय पुरुष, गल्याङ  -१२ का ३९ वर्षीय पुरुष र चापाकोट नगरपालिका वडा नखुलेका २३, ३२, ३८, २६, ७४, २५ र ५३ वर्षीय पुरुषका साथै ४० वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यता गोरखा जिल्लाको गोरखा नगरपालिकास्थित वडा नखुलेका ३६ र ४४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै हिमाल पारीको जिल्ला मुस्ताङको घरपोङ गाउँपालिकाका ३८ वर्षीया महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकी कोरोना संक्रमितको कूल संख्या ६ हजार ८ सय १३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ