बुधबार पोखरा महानगरका ९८ जनामा कोरोना पुष्टि

बुधबार पोखरा महानगरका ९८ जनामा कोरोना पुष्टि

pokhara corona update

पोखरा – बुधबार मात्रै पोखराका ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चौथो र पाँचौं विज्ञप्ति अनुसार पोखरा महानगरका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पहिलो तेस्रो विज्ञप्तिमा पोखराका ८६ जनामा कोरोना पुष्टि भैसकेको छ ।

चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा -९ का ३८, ३६, ३५ र ३१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पाँचौं विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा -१५ का ८५ वर्षीया महिला र ७८ वर्षीय पुरुष, पोखरा -२ का ३७ वर्षीया महिला, पोखरा -१० का ३५ र ७३ वर्षीय पुरुष, पोखरा -६ का ५५ वर्षीय पुरुष, पोखरा -८ का ६१ वर्षीय पुरुष र वडा नखुलेको एकजना ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका उनीहरुलाई आइसोलेसनमा व्यवस्थित गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds