गण्डकीमा कोरोना : थप १५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

गण्डकीमा कोरोना : थप १५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

Gandaki covid corona 3

पोखरा – पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६९४५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज प्रकाशित भएका पाँच विज्ञप्ति अनुसार प्रदेशका ७ जिल्लामा १५५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लामा कास्की, स्याङ्गजा, तनहुँ, गोरखा, नवलपुर, बाग्लुङ र मुस्ताङ छन् ।

आज कास्कीको पोखरा महानगरपालिकामा सबैभन्दा बढी ९८ जना, स्याङ्गजामा १३ जना, तनहुँमा १४ जना, गोरखामा ११ जना, नवलपुरमा १६ जना, बाग्लुङमा २ जना र मुस्ताङमा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै अद्यावधिक विवरण अनुसार प्रदेशमा २ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गोरखा जिल्ला बारपाक सुलिकोट -१ का १९ वर्षीया महिलाको भरतपुर अस्पताल र नवलपुर गैंडाकोट नगरपालिका -२ का ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ