संचारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

संचारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

rabi

काठमाण्डौ – सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता तथा संचारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । लामिछानेले सामाजिक संजाल मार्फत आफु र श्रीमती निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्  ।

उनले लेखेका छन् – “मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गरेकोमा दुबैको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, हामी दुबैको स्वास्थ्य अवस्था सामान्य छ, केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।”

उनले आफुहरु घरमा दुई जना मात्र भएकाले समस्या नभएको तर, घरमा वृद्धवृद्धा अवस्थाका सदस्यहरु हुनेले विलकुल लापरवाही नगर्न अनुरोध गरेका छन् ।

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको…

Posted by Rabi Lamichhane on Wednesday, 28 October 2020

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds