हाल सञ्चालनमा रहेका ३२ विमानस्थल मध्ये ७ वटा मात्रै नाफामा, आन्तरिक तर्फ पोखरा अगाडि

हाल सञ्चालनमा रहेका ३२ विमानस्थल मध्ये ७ वटा मात्रै नाफामा, आन्तरिक तर्फ पोखरा अगाडि

Pokhara Airport plane

File Photo

पोखरा – गत आर्थिक वर्ष २०७६/०७७ का अनुसार आन्तरिक विमानस्थलहरु मध्ये पोखरा विमानस्थल धेरै आम्दानी गर्ने पहिलो विमानस्थल बनेको छ । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा विमानस्थलले ९ करोड ४८ लाख ४९  हजार आम्दानी गरेको छ । त्यसो त, पोखरा विमानस्थल प्रमुख पर्यटकीय गन्तव्य रहेका कारण पनि यस विमानस्थल अन्य आन्तरिक विमानस्थल भन्दा बढी व्यस्त हुने गर्दछ ।

यस्तै आम्दानीका हिसावले तेस्रोमा परेको विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको थियो भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ ।

धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको छ भने, नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख तथा झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ ।

हाल देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएका विमानस्थलमध्ये अधिकांश विमानस्थल घाटामा छन् ।प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भैरहवाको गौतम बुद्ध, नेपालगन्ज, चन्द्रगढी र धनगढी विमानस्थल नाफामा रहेका छन् ।

गत आर्थिक वर्ष २०७६/०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ